राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा आज अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भए पश्चात् गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि चाबहिलस्थित ॐ अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।  

गत असोज ३० गते स्वास्थमा समस्या देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको  थियो । डिस्चार्ज पश्चात् थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक र अस्पताल व्यवस्थापन समिति, कर्मचारी सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

१० दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने बर्तौलाले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १७:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया