सुनसान देखिए काठमाडौंका सडक

बडा दसैंको नवौं दिन काठमाडौंका सडक सुनसान बनेका छन् ।

कोरोना संक्रमणको जोखिमसँगै यो वर्षको दसैंमा सडक सुनसान देखिए । उपत्यकाभित्र गुडिरहने सवारीसाधनहरू फाट्टफुट्ट देखिए पनि मुख्य चोकहरू तीनकुने, नयाँ बानेश्वर, माइतिघर, त्रिपुरेश्वर, रत्नपार्क क्षेत्रमा गाडीको आवागमन नगन्य नै थियो । उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएकाहरु फर्किएका छैनन भने उपत्यकाभित्र रहेकाहरु पनि घरबाहिर निस्किएनन् ।

अघिल्ला वर्ष जस्तै दसैं उल्लासमय नभए पनि महत्त्वपूर्ण चाड र सरकारले नै सार्वजनिक बिदा दिएका कारण अन्य पर्वहरूको भन्दा दसैंको महत्त्व अलग्गै रहन्छ । यसैले पनि दसैं मनाइरहेका काठमाडौंबासी सडकमा आएनन् । सडकमा सुरक्षा निकायका गाडी, आकस्मिक सेवाका गाडी र आफ्नो अत्यावश्यक कामले हिँडेका बाहेक अन्य गाडीहरु देखिएका छैनन् ।

दसैंको मुख्य दिनहरू सप्तमी, अष्टमी, नवमी र टीकाका लागि सुरक्षा निकायले लागु गरेको सुरक्षा नीतिअनुसार सडकमा सुरक्षाकर्मीको उपस्थिति भने देखिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १७:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया