खोकनावासीले दिए प्रधानमन्त्रीलाई सिकाली जात्राकोे प्रसाद

प्रधानमन्त्री केपी  शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका हुन् । 

आइतबार बिहान खोकनाका रुद्रायणी, इन्द्रायणीलगायत देवी–देवताका खलकले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पनि प्रसाद लगाइदिएका थिए । 

स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातैबाट भने प्रसाद ग्रहण गरेनन् ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, खोकनावासीका तर्फबाट स्थानीय स्वयम्भुराज डङ्गोल, ललितपुर महानगरपालिका २१ का सदस्य ज्ञानभक्त डङ्गोललगायत सहभागी थिए । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार १९:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया