भारतमा संक्रमित थपिने क्रम घट्दै

पछिल्लो २४ घन्टामा छिमेकी देश भारतमा ४५ हजार पाँच सय ९० जना कोरोना संक्रमित थपिएका छन् । भारतमा केही दिनयता संक्रमित थपिने क्रम घट्दै गएको छ ।

कोरोनाबाछ हुने मृत्युदर पनि घट्दै छ । आइतबार चार सय ६० जना संक्रमितको निधन भएको छ । यो संख्या एक सय १२ दिनयताकै सबैभन्दा कम हो । 

संक्रमित थपिनेको तुलनामा निको हुने दर बढ्दै गएको छ । आइतबार ५८ हजार नौ सय ३० संक्रमित निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ७९ लाख ९० हजार पुगेको छ । त्यसमध्ये ७१ लाख ३३ हजार संक्रमित निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ६ लाख ५४ छ । 

कोरोना संक्रमणबाट एक लाख १९ हजारको निधन भएको छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७७ साेमबार १७:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया