सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

गत २४ घण्टामा मात्र १ हजार ७ सय ४१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।  

प्रदेश १ को उदयपुरमा १, झापामा ५०, ताप्लेजुङमा १, मोरङमा १३,र सुनसरीमा १८५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १२, बारामा ५, महोत्तरीमा १४, सप्तरीमा २९, र सिरहामा २ जनामा कोरोना पाइएको छ। 

बागमती प्रदेशको काठमाडौंमा मात्र ६७३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५९, चितवनमा २४, दोलखामा ७, धादिङमा २४, नुवाकोटमा ८, भक्तपुरमा ७६, मकवानपुरमा २९,रामेछापमा ४, ललितपुरमा १ सय ४६, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ५ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेशको कास्कीमा १०१, गोरखामा १, तनहुँमा २५, नवलपरासी पूर्वमा ६०, पर्वतमा २, लमजुङमा ४, बागलुङमा १७ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ। कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका ३३, कपिलवस्तुका २२, गुल्मीका ६, दाङका ३, नवलपरासीका ७, पाल्पाका १, प्युठानका ४, बाँकेका १२, र रुपन्देहीका ५८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ५, जुम्लामा १ र रुकुम पश्चिममा जनामा कोरोना भेटिएको छ। 



सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ४३ हजार २९३ जना सक्रिय संक्रमित छन्।

देशभर हाल २ हजार ९६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 



  • प्रकाशित मिति : कात्तिक १०, २०७७ साेमबार १९:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया