एक जनामा कोरोना देखिएपछि पूरै सहरवासीको परीक्षण गर्ने चीनको तयारी

चीनमा फेरि एकपटक एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि पूरै सहरवासीको कोरोनाभाइरस परीक्षण गरिने भइएको छ । चीनको जिनजियाङ प्रान्तमा ४७ लाख मानिसमा कोरोनाभाइरस संक्रमण परीक्षण गर्न सुरुवात गरिएको छ । 

त्यहाँको कासगर सहरमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूरै सहरमा कोरोना परीक्षण गरिएको हो । 

यो परीक्षणमा अहिलेसम्म कुनै लक्षण नदेखिएका १ सयभन्दा बढीमा कोरोना पुष्टि भएको छ । योसँगै त्यहाँका स्कुलहरु बन्द गरिएका छन् । त्यस्तै, लकडाउन लगाउँदै मानिसहरुलाई घरबाट ननिस्किन भनिएको छ । कोरोनाको नेगेटिभ रिपोर्ट आएमा मात्र उनीहरु घरबाट बाहिर निस्किन पाउने नियम लगाइएको छ ।

यसअघि त्यहाँ एक जना महिलामा लक्षणविनाको कोरोना संक्रमण भएको पुष्टि भएको थियो । 

उनलाई कोरोना पुष्टि भएपछि त्यहाँ शनिबारबाट यो परीक्षण सुरु भएको हो । 

चीनमा अहिलेसम्म ८५ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ४ हजार ६ सय ३४ ले कोरोनाका कारण ज्यान गुमाएका छन् । तर, यो संख्यामा लक्षण नदेखिएका संक्रमित समावेश गरिएको छैन ।



यसअघि चीनको क्विङडाओ सहरमा पनि केही व्यक्तिमा कोरोना देखिएपछि ९० लाख मानिसको परीक्षण गरिएको थियो । 

अहिले विश्वका लागि महामारी बनेको कोरोना सबैभन्दा पहिले चीनको वुहानमा मेमा देखिएको थियो । 



  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार ११:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया