नेपालमा कोरोनाभाइरसः सबैभन्दा बढी प्रभावित कुन उमेर समूह ?

पछिल्ला दिन नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या अब १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

त्यस्तै, नेपालमा कोरोनाभाइरसका कारण अहिलेसम्म ८ सय ६२ जनाले ज्यान गुमाइसकेका छन् । 

अरु देशहरुमा कोरोनाभाइरस संक्रमण तुलनात्मक रुपमा वृद्धहरुमा बढी देखिएको छ । तर, नेपालमा कोरोनाभाइरस संक्रमण सबैभन्दा बढी युवाहरुमा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा कोरोनाभाइरस संक्रमित सबैभन्दा बढी २१ वर्षदेखि ३० वर्षका नेपालीमा बढी देखिएको छ । 

यसमा पनि युवाहरुमा बढी कोरोना संक्रमण देखिएको छ । २१ देखि ३० वर्षको उमेर समूहमा नेपालमा ३१ हजार ३ सय ५१ जना पुरुषमा कोरोनाभाइरस संक्रमित देखिएका छन् । त्यस्तै, यही उमेर समूहमा महिलाको संख्या चाहिँ १५ हजार ७ सय ५२ रहेको छ ।

सबैभन्दा बढी संक्रमित भेटिएको अर्को उमेर समूह हो– ३१ देखि ४० वर्षको । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यो उमेर समूहमा पनि पुरुषमा नै बढी कोरोना संक्रमण देखिएको छ । यो उमेर समूहमा ३० हजार ४ सय ४४ पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको छ । यही उमेर समूहमा १२ हजार ३ सय ८४ जना महिलामा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ ।



यी दुई उमेर समूहपछि नेपालमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अर्को उमेर समूह हो, ४१ वर्षदेखि ५० वर्षसम्मको उमेर समूह । यो उमेर समूहमा पनि पुरुषमा नै बढी कोरोनाभाइरस संक्रमण देखिएको छ । यो उमेर समूहमा १७ हजार ७ सय ४३ जना पुरुषमा कोरोनाभाइरस संक्रमण देखिँदा ७ हजार ४ सय ४९ जना महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

त्यसपछि सबैभन्दा बढी प्रभावित भएको छ, ५१ देखि ६० वर्षबीचको उमेर समूह । यो उमेर समूहमा अहिलेसम्म १० हजार १ सय ७ जना पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । संक्रमित महिलाको संख्या चाहिँ ४ हजार ८ सय ७४ रहेको छ । 



अन्य मुलुकको तुलनामा नेपालमा ११ देखि २० वर्षमा पनि बढी कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार यो उमेर समूहमा ८ हजार ६२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने महिलाको संख्या ३ हजार ७ सय ५० मात्र रहेको छ ।

त्यस्तै, १० वर्ष मुनिका बालबालिकामा पनि नेपालमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो उमेर समूहमा पनि २ हजार ७ सय १ बालकमा र १ हजार ८ सय ५६ बालिकामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा ८० वर्षभन्दा माथि पुरुष र महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ । यो उमेर समूहमा  ७ सय ६२ जना पुरुष संक्रमित भेटिएका छन् भने महिलाको संख्या ५ सय ७४ रहेको छ ।

नेपालमा अहिलेसम्म सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएको प्रदेश चाहिँ बागमती प्रदेश हो ।

  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १४:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया