कोरोनाका कारण काठमाडौंमा मात्रै २००को मृत्यु, कुन प्रदेशमा कतिले ज्यान गुमाए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १४ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये दुईजना काठमाडौंका थिए ।

मंगलबार थपिएका दुईजनासँगै काठमाडौंमा कोरोनाका कारण मृत्यु हुनेको संख्या  २०० पुगेको छ । हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६,९५८ रहेको छ । 

मन्त्रालयका अनुसार भक्तपुरमा १,१९४ जना सक्रिय संक्रमित छन् भने ललितपुरमा २,४३४ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा भक्तपुर र ललितपुरमा संक्रमणका कारण एक–एकजनाको मृत्यु पुष्टि भएको छ । कोरोनाका कारण अहिलेसम्म भक्तपुरमा ५८ जनाले ज्यान गुमाइसकेका छन् भने ललितपुरमा ५६ जनाको मृत्यु भइसकेको छ । 

बाग्मती प्रदेशभर ४१८ जनाको मृत्यु भइसकेको छ । अन्य प्रदेशको तुलनामा यो सर्वाधिक मृत्यु हो । पछिल्लो २४ घन्टामा बाग्मती प्रदेशमा ६ जनाको ज्यान गएको छ ।

कोरोनाका कारण प्रदेश नम्बर–१ मा हालसम्म ११४ जना, प्रदेश नम्बर–२ मा १५०, लुम्बिनी प्रदेशमा १२३, गण्डकी प्रदेशमा ४४, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १७ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार २०:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया