मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको बुधबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए । निमोनिया सङ्क्रमण पत्ता लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो । दसैंको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।