धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु

कैलालीको धनगढीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–२ की ५७ बर्षीया एक महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

सोमबार कडा खालको निमोनिया लिएर अस्पताल भर्ना भएकी यी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

१२ गते नै उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७७ बिहीबार १०:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया