कोरोना संक्रमणबाट पर्वतको एक पुरुषको पोखरामा मृत्यु भएको छ । चरक मेमोरियल अस्पतालमा पर्वतको कुश्मा नगरपालिका–६ का ५५ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयले बिहीबार दिउँसो निकालेको विज्ञप्ति अनुसार ती पुरुषलाई बुधबार संक्रमण पुष्टि भएको थियो । अस्पतालको आइसियुमा उपचाररत अवस्थामा बिहीबार बिहान ६ः१५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।