रुपन्देहीमा थप एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।
मृत्यु हुने कोरोनाभाइरस संक्रमित ५५ वर्षका पुरुष हुन् । उनी बुटवलका हुन् । १ कार्तिकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उच्च रक्तचाप, मधुमेह तथा फोक्सोको समस्या भएका उनको शुक्रबार विहान निधन भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।