भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा नक्कली ट्रस्ट बनाएर ठगी गर्ने गिरोह पक्राउ परेको छ। भारत उत्तर प्रदेशको वाराणसीमा केही व्यक्तिले नरेन्द्र दामोदर दास मोदीको नामको नक्कली ट्रस्ट खडा गरी विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए। यो मोदीको निर्वाचन क्षेत्र पनि हो।
ठगहरूले नरेन्द्र दामोदर दास मोदी जन कल्याणकारी ट्रस्ट १४ जुलाईमा दर्ता गरेको भनी कागज पत्र तयार पारेका थिए। उनीहरुले वाराणसीका थुप्रै व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए। दुर्गाकुण्ड क्षेत्रका अजय पाण्डेय नाम गरेका व्यक्तिले ट्रस्टको नक्कली कागजात बनाएका थिए।
यसमा १० जना व्यक्ति समावेश थिए। सदर द्वितीय नाममा एक व्यक्तिले प्रहरीमा उजुरी गरेपछि जाँच बुझ गर्दै जाँदा ट्रस्ट नक्कली भएको पत्ता लागेपछि प्रहरीले यस ट्रस्टका ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। ठगीमा संलग्नमा मध्ये दुई जना महिला पनि रहेका छन्। नक्कली ट्रस्ट खडा गर्न संलग्न हुने अन्यको पनि प्रहरीले खोजी गरिहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।