पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र १ हजार १०७ पुरुष रहेका छन् ।
काठमाडौंमा मात्र हालसम्म १६ हजार २४२ सक्रिय कोरोना संक्रमित रहेका छन् भने २१२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भक्तपुरमा हालसम्म १ हजार १६५ जना सक्रिय संक्रमित रहेका छन् भने ६३ जनाको मृत्यु भएको छ । ललितपुरमा २ हजार ३४५ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार १६५ जना होम आइसोलेसनमा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।