अत्यावश्यक सेवाबाहेक मुस्ताङमा प्रवेश गर्न नपाइने

हिमालपारिको जिल्ला मुस्ताङको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक कार्यबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले घरपझोङ गाउँपालिका–४ मा कोरोना पोजिटिभ देखिएको परिवार र उनको क्लोज कन्ट्रयाक ट्रेसिङ गरेर स्वाब संकलन गरी पठाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । आवश्यकता अनुसार क्वारेन्टिन अनिवार्य गर्ने समेत निर्णय भएको छ ।

मुस्ताङका पाँचवटा विशेष अवस्था रहेकाले अन्य जिल्लाबाट आवतजात नगर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताइन् । जिल्लामा भ्यान्टिलेटर नभएको, कच्ची सडकबाट उद्धारमा समस्या हुन सक्ने, जाडो बढी सकेकाले संक्रमण थप बढ्न सक्ने, कागबेनी तथा मुक्तिनाथ जस्ता धार्मिक क्षेत्र बन्द रहेको र हवाइ उद्धारमात्रै असम्भव प्राय: भएकाले अन्य जिल्लाबाट अत्यावश्यक बाहेक प्रवेश नगर्न अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ पौडेलले बताइन् ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १८:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया