कोरोना संक्रमणपछि पाकिस्तानका ११ अदालतमा सिलबन्दी

न्यायाधीश तथा कर्मचारीहरुमा कोरोना सङ्क्रमण देखिएपछि पाकिस्तानका ११ अदालतमा सिलबन्दी गरिएको छ । पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनु भएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले यो कुराको पुष्टि गरेका हुन् ।

देशभर रहेका ७० अदालतमध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुने गरी बन्द गरिएको उनले जानकारी दिए । ती अदालतहरू जिल्ला तथा सुरु तहका अदालतहरू पनि रहेका छन् ।

बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधीश र कर्मचारीहरुमा कोरोनाको सङ्क्रमण देखिएको उनले बताए । 

बारका सचिव मिर्जाले सङ्क्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए ।  पाकिस्तानमा शुक्रबारसम्म कोरोनाबाट कुल सङ्क्रमितहरुको संख्या ३ लाख ३२ हजार १८६ रहेको छ । 

त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा ६ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १३:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया