कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु

कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो ।

गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । मृतक मुटुरोगी थिइन् । गौरीगञ्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो । यससँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १३:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया