स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसअनुसार १५ सय ३२ जना पुरुष र ९ सय ७६ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि शुक्रबार (हिजो) काठमाडौंमा उपत्यकामा १८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।