थपिएका संक्रमित कुन जिल्लाका कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा मात्र २ हजार ५ सय ८ जना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । 

प्रदेश १ अन्तर्गत इलाममा ४, उदयपुरमा २, खोटाङमा १३, झापामा ७६, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा १ सय ३८, संखुवासभामा ३, सोलुखुम्बुमा १ र सुनसरीमा ७६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ अन्तर्गत धनुषामा १८, पर्सामा ५, बारामा २१, महोत्तरीमा ५, रौतहटमा २७, सप्तरीमा २०, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशअन्तर्गत काठमाडौंमा मात्र १ हजार १ सय १३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ७४, चितवनमा १ सय ९, दोलखामा २२, धादिङमा ८, नुवाकोटमा ३९, भक्तपुरमा ४९, मकवानपुरमा ५, रसुवामा ११, रामेछापमा ३, ललितपुरमा १ सय ९५, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेशअन्तर्गत प्रदेशको कास्कीमा १ सय ९, गोरखामा ७, तनहुँमा २७, नवलपरासी पूर्वमा १०, पर्वतमा २, लमजुङमा ३, बागलुङमा १६ र स्याङजामा ७ जनामा कोरोना भेटिएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुका ११, गुल्मीका ३, दाङका ४६, नवलपरासीका १६, पाल्पाका १, प्युठानका ३, बर्दियाका १७, बाँकेका ३५ र रुपन्देहीका ७५ जना छन्।



कर्णाली प्रदेशअन्तर्गत जाजरकोटमा १, डोल्पामा १, दैलेखमा ९, सल्यानमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ। 

त्यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाममा ६, कञ्चनपुरमा २, डडेल्धुरामा ३, डोटीमा ३, दार्चुलामा ५ र बझाङमा १४ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।
 



  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १७:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया