जर्मनीमा कोरोनाका संक्रमितको संख्या ५ लाख नाघ्यो

जर्मनीमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ । 

साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् । जर्मनीमा कोरोना संक्रमण सुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् । जर्मनीमा यस कोरोना भाइरसको दोस्रो वेभ आएको बताइएको थियो । 

त्यसैले पनि पछिल्लो समयमा यहाँ धेरै संक्रमितहरु देखिएको बताइएको छ । यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । यहाँ गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । यो सँगै यहाँ यस कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४५२ जना पुगेका छन् ।

जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्धहरु पनि लगाइएको थियो । यहाँको सरकारले यो भाइरसको प्रकोप बढ्दै गएकाले अझै कडा खालका लकडाउनका कार्यक्रमहरु पनि घोषणा गर्ने विषयमा परामर्श गरिरहेको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १८:१७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया