लमजुङका बाढी–पहिरो पीडितलाई २१ लाख सहयोग

गत साउन ७ र ८ गते जमजुङको  मर्स्यांग्दी गाउँपालिका–३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडितलाई २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा क्लब पामचोकले विभिन्न देशलगायतबाट संकलन गरेको २२ लाख ६० हजार १७६ मध्ये उक्त रकम आज सहयोग गरिएको हो ।

क्लबले गत साउन ८ गतेदेखि शुरु गरी तीन महिनासम्म पल्लोटारीलगायतका बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो । संविधानसभाका तत्कालीन सदस्य जमिन्द्रमान घले, क्लबका अध्यक्ष कुमार भण्डारीलगायतले वडाध्यक्ष तथा पल्लोटारी विपद् व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका थिए । 

रकम हस्तान्तरण गर्दै नेता घलेले यहाँका बाढीपहिरा पीडितका लागि तीनवटै प्रदेश सरकार लागिपरिरहेका बेला नागरिकस्तरबाट समेत यसरी सहयोग आउँदा राज्यलाई थप सहज हुने बताए । 

बाढीपहिराले २१ घर पूर्ण ध्वस्त बनाएको थियो । त्यसबाट ३२ आधाजस्तै भत्किएको र २९ घर उच्च जोखिममा छन् । यतिबेला उनीहरु सोही वडामा बनाइएको अस्थायी टहरामा सहारा लिएर बस्दै आएका छन् ।  

त्यस्तै, सो अभियान सञ्चालन गरी क्लबमार्फत सङ्कलित रकममध्ये अन्य वडा तथा पालिकाका बाढीपीडितलाई समेत आज नै प्रदान गरिएको छ । बाँकी रकम क्लबले प्राकृतिक प्रकोप कोष स्थापना गरी जम्मा गर्ने जनाइएको छ । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १८:२०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया