मुम्बईको सहज जित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स माथि ९ विकेटको सहज जित दर्ता गरेको छ । दिल्लीले दिएको १११ रनको झिनो लक्ष्य मुम्बईले १४.२ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्‍यो । 

दिल्लीलाई सहज जित दिलाउन इसान किसनले अविजित ७२ रनको पारी खेले    उनले ४७ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे । क्विन्टन डिककले २६ र सूर्यकुमार यादवले अविजित १२ रनको योगदान दिए । दिल्लीका लागि एक मात्र विकेट एनरिच नोत्जेले हात पारे ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ११० रन बनाउन सक्यो । उसका लागि कुनै पनि ब्याट्म्यानले उल्लेखनीय योगदान दिन सकेनन् । 

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले बनाएको २५ रन नै सर्वाधिक रन बन्न पुग्यो । श्रृषभ पन्तले २१ रनको योगदान दिँदा रविचन्द्रन आश्विन र कागिसो राबडाले समान १२–१२ रनको योगदान दिए ।

दिल्लीको पारी ध्वस्त बनाउने क्रममा जसप्रित बुमराहले र टे«न्ट बोल्टले समान ३–३ विकेट हात पार्दा नायथ कुल्टर नाइल र राहुल चाहरले समान १–१ विकेट लिए । १ विकेट रन आउटको रूपमा प्राप्त भयो ।

जितसँगै मुम्बई क्वालिफायर खेल्ने पक्का गर्दा दिल्लीको प्ले अफको सम्भावना कठिन बनेको छ । समान १३ खेल खेलेका मुम्बई ९ जित र ५ हारको सहित लिगको शीर्ष स्थानमा रहँदा दिल्ली ७ जित र ६ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार १९:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया