झापामा ३, सुर्खेतमा १ कोरोना संक्रमितको निधन

झापामा ३ जना र सुर्खेतमा एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ । 

सुर्खेतमा निधन हुने ३२ वर्षीय पुरुष हुन् । उनको शनिबार राति निधन भएको हो । उनी शनिबार राति नै १० बजे अस्पतालमा भर्ना भएका थिए ।

तीन दिनअघि कोरोनाभाइरस परीक्षण गर्दा उनमा पोजेटिभ रिपोर्ट आएको थियो । 

त्यस्तै, झापामा आज विहान कोरोनाभाइरसका कारण तीन जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने सबै पुरुष हुन् । उनीहरु दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका हुन् । ५०, ७२ र ७४ वर्षका उनीहरु केही दिनअघि मात्र अस्पताल भर्ना भएका थिए । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १२:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया