बाँकेमा एक महिला र एक पुरुष संक्रमतिको मृत्यु
फाइल फोटो

बाँकेमा दुई कोरोना संक्रमितका मृत्यु भएको छ । कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक महिला र एक पुरुष संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको हो । 

नेपालगन्जकी महिला श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक ८ गते अस्पताल भर्ना भएकी थिइन् । परीक्षण गर्दा उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।  प्लाजामा थेरापी लगायत सबै उपचार दिँदै गर्दासमेत स्वास्थ्यमा सुधार नआएको अस्पताललाई उद्धृत गर्दै स्वास्थ्य कार्यालयले जनाएको छ । गएराति उनको मृत्यु भएको हो । 

मृतक कैलालीका पुरुष स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा आएका थिए । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण रहेको १५ गते पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  यी पुरुषलाई पनि प्लाज्मा थेरापी सहितको उपचार गरिएको थियो । गएराति नै उनको मृत्यु भएको हो । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १२:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया