आइपिएल : राजस्थान बाहिरियो, प्लेअफमा कोलकाताको दावेदारी

इन्डियन प्रिमियर लिग(आइपिएल)बाट राजस्थान रोयल्स पनि बाहिरिएको छ । आइतबार राति भएको खेलमा कोलकाता नाइटराइडर्ससँग पराजित भएपछि राजस्थान प्रतियोगिताबाट बाहिरिएको हो ।

राजस्थानले कोलकातासँग ६० रनको हार व्यहोरेको छ । 


दुबई अन्तर्राष्ट्रिय मैदानमा टस जितेर राजस्थानले पहिले कोलकातालाई ब्याटिङको निम्ता दिएको थियो कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो १९२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्रै बनाउन सक्यो । हारपछि १२ अंक रहेको राजस्थान अंक तालिकाको पुछ्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । १४ अंक बनाएको कोककाता प्लेअफका लागि दावेदार बनेको छ । 

कोलकाताले प्लेअफमा स्थान बनाउनका लागि सोमबार हुने दिल्ली र बैंग्लोर अनि मंगलबार हुने हैदरावाद र मुम्बईबीचको खेलमा भर पर्नुपर्ने छ । मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेको छ । प्लेअफमा पुग्ने थप तीन टोलीका लागि बैंग्लोर, दिल्ली, कोलकाता र हैदरावाद प्रतिस्पर्धामा छन् । 

 





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार ६:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया