दिल्ली र बैंग्लोरको लक्ष्य दोस्रो स्थान

इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार (आज) हुने खेलमा दिल्ली क्यापिट्ल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समयअनुसार राति पौने आठ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ ।

यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ । समूह चरणको आफ्नो अन्तिम खेल खेल्न लागेका यी दुईबीचको विजेताले दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर  खेल्नेछ भने पराजय बेहोर्ने टिमले प्ले अफमा स्थान बनाउन अन्य टिमको प्रदर्शनमा भर पर्नु पर्नेछ ।

१३ खेलबाट ७ जित र ६ हारको नतिजा सहित दोस्रो स्थानमा रहेको बैंग्लोरका लागि ब्याटिङमा कप्तान विराट कोहली, देवदत्त पडिक्कल र एबी डिभिलियर्सले उत्कृष्ट प्रदर्शन गर्दा बलिङमा युजवेन्द्र चहल र क्रिस मोरिसले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

३ अर्धशतक प्रहार गरेका केहलीले ४३१ रन बनाउँदा समान ४–४ अर्धशतक प्रहार गरेका पडिक्कले ४२२ र डिभिलियर्सले ३६३ रन बनाएका छन् । चहलले २० र मोरिसले ११ विकेट हात पारेका छन् ।

१३ खेलबाट ७ जित र ६ हारको नतिजासहित तेस्रो स्थानमा रहेको दिल्लीका लागि ब्याटिङमा शिखर धवन र कप्तान श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गर्दा बलिङमा कागिसो राबडा र एनरिच नोत्जेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

समान २–२ शतक र अर्धशतक प्रहार गरेका धवनले ४७१ रन बनाउँदा २ अर्धशतक प्रहार गरेका अय्यरले ४१४ रन बनाएका छन् । राबडाले २३ विकेट हात पर्दा नोत्जेले १६ विकेट लिएका छन् ।



हालसम्म यी दुई टोलीले २४ खेलमा प्रतिस्पर्धा गर्दा बैंग्लोरले १४ र दिल्लीले ९ खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल बिना नतिजा टुङ्गिएको छ । पछिल्ला पाँच खेलमा भने दिल्ली बलियो देखिन्छ । 

दिल्लीले ३ खेल आफ्नो पक्षमा पर्दा २ खेल गुमाएको छ । यो सिजनको पहिलो भेटमा दिल्लीले ५९ रनको सहज जित हात पारेको थियो ।



  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १२:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया