धनुषाका प्रजिअ भट्टराई र सांसद साहलाई कोरोना
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र प्रदेश सांसद परमेश्वर साह

धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमप्रसाद भट्टराई र प्रदेश सांसद परमेश्वर साहमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रजिअ भट्टराई र जनता समाजवादी पार्टीका प्रदेश सांसद साहमा कोरोना पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ । दुवैजनाको अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसेको बताइएको छ ।

यस्तै प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७ महिलासहित ६७ जनामा कोरोना पुष्टि भएको छ भने दुई संक्रमितको मृत्यु भएको छ ।

सिरहाको सुखिपुर नगरपालिका ४ का ६४ वर्षीय पुरुष र बाराको निजगढ नगरपालिका ९ का ६२ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ । योसँगै प्रदेश २ मा कोरोनाले मृत्यु हुनेको संख्या १७० पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १८:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया