सोमबारः नेपालमा कोरोनाभाइरसका कारण २५ जनाको मृत्यु, ८० वर्षमाथिका ६ जना

नेपालमा पछिल्ला दिनमा कोरोनाभाइरसको प्रभाव झन् झन् बढ्दो छ । नेपालमा पछिल्ला दिनमा दैनिक सयौँको संख्यामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

त्यस्तै, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ । सोमबार मात्र नेपालमा कोरोनाका कारण २५ जनाको मृत्यु भएको छ । यो संख्यामा काठमाडौंमा सबैभन्दा बढीको मृत्यु भएको छ । सोमबार काठमाडौंमा मात्र ९ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै, मोरङमा ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । चितवनमा ३ जना र दाङमा २ जनाले कोरोनाका कारण सोमबार ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भक्तपुर, ललितपुर, नवलपरासी पूर्व, धादिङ, सिन्धुली, मकवानपुर र बाँकेमा पनि एक एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

सोमबार ज्यान गुमाउनेमा काठमाडौंका ८५ वर्षका पुरुष सबैभन्दा वृद्ध हुन् । मोरङमा पनि ८३ वर्षका पुरुषले ज्यान गुमाएका छन् । उनीहरु दुवैमा अरु पनि स्वास्थ्य समस्या रहेको थियो । काठमाडौंमा नै ८२ वर्षकी महिलाले पनि कोरोनाका कारण ज्यान गुमाएकी छिन् । 

त्यस्तै भक्तपुरमा ८० वर्षका पुरुषको पनि सोमबार कोरोनाका कारण निधन भएको छ । त्यस्तै, नवलपरासी पूर्वका ८० वर्षका पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । सिन्धुलीकी ८४ वर्षकी महिलाले पनि सोमबार नै कोरोनाका कारण ज्यान गुमाएकी छिन् । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार २०:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया