विराटनगरमा थप दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ । विराटनगरको न्युरो अस्पतालमा मंगलबार विहान दुई कोरोनाभाइरस संक्रमितको निधन भएको हो ।
मृत्यु हुने दुवै पुरुष हुन् । मृत्यु हुनेमा विराटनगरका ४९ वर्षका पुरुष र धरानका ६३ वर्षीय पुरुष रहेका छन् ।
धरानका यी पुरुष २७ असोजमा कोरोनाभाइरस संक्रमण देखिएपछि १२ कार्तिकमा अस्पताल भर्ना भएका थिए । १४ कार्तिकमा अस्पताल भर्ना भएका विराटनगरका पुरुषमा चाहिँ त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।