सचिवालयमा र्‍याखर्‍याख्ती पारिने ओलीको डर

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादलाई समाधान गर्न नेकपा सचिवालय बैठक बोलाउनु पर्ने माग केही नेताहरुले गर्न थालेका छन् । पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अहिलेको विवाद समाधान गर्नका लागि सचिवालय बैठक नै आवश्यक रहेको बताएका छन् । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य नेताहरुले पनि सचिवालय बैठक नै बस्नु पर्ने माग अगाडि सारेका छन् । 

तर, अहिलेसम्म नेकपा अध्यक्ष केपी शर्मा ओलीले यो मागलाई टार्दै आएका छन् । नेकपाका एक नेताका अनुसार पछिल्लो समय ओली सचिवालय बैठक पनि नबोलाउने मुडमा छन् ।

यतिमात्र होइन, ओलीले नेकपामा सचिवालय बैठकको अहिले कुनै औचित्य नभएको समेत बताएका छन् । झन् केही दिनअघि अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा ओलीले सचिवालय बैठक बोलाइए आफूले अर्को स्टेप चाल्ने चेतावनीसमेत दिएका थिए । ओलीको यो चेतावनीपछि नेपाल, प्रचण्ड र उनीहरुलाई समर्थन गरिरहेका नेकपा उपाध्यक्ष वामदेव गौतम, झलनाथ खनालले पनि सचिवालय बैठकको विषयमा बाहिर कुरा गर्न छाडेका छन् । 

पछिल्लो समय कर्णाली प्रदेशमा देखिएको विवाद, मन्त्रिमण्डलमा भएको हेरफेर र भारतीय जासुसी संस्था रअसँग भएको प्रधानमन्त्री ओलीको भेटका कारण नेकपामा विवाद थप बढेको हो । र, यसलाई पार्टीमा बैठकबाट समाधान गर्न प्रचण्डलगायत नेताहरुले माग गरेका छन् । तर, यसमा ओली किन तयार छैनन् त ?

‘यसअघि स्थायी कमिटी बैठकमा जसरी ओलीमाथि आलोचना गरिएको थियो, त्यसअघि जसरी ओलीलाई सचिवालय बैठकमा नै र्‍याखर्‍याख्ती पारिएको थियो,’ नेकपाका एक केन्द्रीय नेता बताउँछन्, ‘अहिले पनि त्यस्तै होला भन्ने डर ओलीमा देखिन्छ ।’





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १३:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया