विश्वभरि ३ करोड ४० लाख मानिस कोरोना सङ्क्रमणमुक्त

कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरि ३ करोड ४० लाखभन्दा बढी पुगेको छ । 

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार सम्ममा विश्वभरि ३ करोड ४० लाख ६० हजार २४१ जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका हुन् । 

तर, कोरोनाबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२ हजार ११६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

विश्वभरि अहिलेसम्म कोरोनाबाट कुल ४ करोड ७३ लाख ६३ हजार ९८५ जना सङ्क्रमित भएका छन् । 

कुल सङ्क्रमितमध्ये १ करोड २० लाख ९१ हजार ६२८ जना अझै पनि सङ्क्रमित अवस्थामै छन् । 

अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये झण्डै ९९ प्रतिशत अर्थात् १ करोड २० लाख ४ हजार ९५७ जना मध्यम अवस्थामा रहेका छन् भने झण्डै एक प्रतिशत अर्थात् ८६ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको छ । 



सङ्क्रमित र मृतकहरुको सङ्ख्याका आधारमा हेर्दा अमेरिका सबैभन्दा बढी प्रभावित देखिएको छ । अमेरिकामा अहिलेसम्म कुल ९५ लाख ६७ हजार ५४३ जना सङ्क्रमित हुँदा कुल २ लाख ३६ हजार ९९७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार ६२३ जना सङ्क्रमित भएका छन् भने १ लाख २३ हजार २३९ जनाको मृत्यु भएको छ । 



संक्रमितमा तेस्रो र मानवीय क्षतिमा दोस्रो रहेको ब्राजिलमा अहिलेसम्म १ लाख ६० हजार २७२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार २०६ जना सङ्क्रमित भएका छन् । 

कोरोनाबाट रुसमा अहिलेसम्म १६ लाख ७३ हजार ६८६ जना सङ्क्रमित भएका छन् भने २८ हजार ८२८ जनाको मृत्यु भएको छ । कोरोनाबाट प्रभावित भएका मुलुकहरु मध्ये रुस चौथो अग्रपंक्तिमा पर्दछ ।

पाँचौँ अग्रपंक्तिमा रहेको फ्रान्समा अहिलेसम्म कोरोनाका कारण ३७ हजार ४३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट अहिलेसम्म १४ लाख ६६ हजार ४३३ जना सङ्क्रमित भएका छन् । 

त्यसैगरी स्पेन, अर्जेन्टिना, कोलम्बिया, बेलायत र मेक्सीको कोरोनाबाट प्रभावित अग्र १० देशमा रहेका छन् । 

  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १५:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया