लुम्बिनी प्रदेशका प्रमुख सचेतकलाई कांग्रेसले हटायो

प्रतिपक्षी दल नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका प्रमुख सचेतकलाई हटाएको छ । कांग्रेसले सुरेन्द्र हमाललाई हटाएर फखरुद्दिन खानलाई प्रमुख सचेतक नियुक्त गरेको हो । 

लुम्बिनी प्रदेश सभा दलका नेता वीरेन्द्रकुमार कनौडियाले सुरेन्द्र हमालको स्थानमा खानलाई नयाँ नियुक्ति दिएका हुन् । हमाल बाँके २ ‘ख’बाट प्रत्यक्षतर्फ विजयी सांसद हुन् भने नवनियुक्त खान रुपन्देही–५ ख बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

पार्टीको संसदीय दलको विधान २०७४ को दफा ११–१० अनुसार खानलाई नियुक्त गरेको जानकारी गराइए पनि हमाललाई हटाउनुको कारण खुलाइएको छैन । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १७:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया