मोरङका दुई अस्पतालमा दुई संक्रमित महिलाको मृत्यु
फाइल फोटो

मोरङमा दुई अस्पतालमा गरी दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।  विराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पतालमा मंगलबार दिउँसो दुई जना संक्रमित महिलाको मृत्यु भएको हो। 

विराटनगर महानगरपालिका र सुनसरीको इनरुवा घर भएका महिलाको उपचारका क्रममा ज्यान गएको हो । नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बिहान अस्पताल लगिएको थियो। 

आकस्मिक कक्षमा उपचारकै दिउँसो ४ बजेतिर उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृत्युपछि महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। 

‘अस्पतालमा भर्ना गर्ने वित्तिकै उपचार थालेर स्वाब संकलन गर्दै परीक्षणका लागि लगिएको थियो,’ दाहालले भने, ‘मृत्यु भएको पौने घण्टापछि दिउँसो ४ः ४५ बजेतिर रिपोर्ट पोजेटिभ आइदियो ।’ उनका अनुसार कोरोना पुष्टि हुनुअघि नै बिरामीको मृत्यु भएका कारण थप उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गर्न पाइएन्। 

त्यस्तै मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा सुनसरीको इनरुवा नगरपालिका–१ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले उपचारका क्रममा दिउँसो २:३० बजेतिर उनको मृत्यु भएको जानकारी दिए। 

पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि कात्तिक १४ गते महिलालाई उपचारका लागि भर्ना गरिएको उनले बताए । देवका अनुसार कोरोना संक्रमणसँगै महिलामा श्वासप्रश्वासको पनि समस्या थियो। 




 



  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार १७:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया