प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै यस प्रदेशमा मृतकको संख्या १७४ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका निमित्त निर्देशक विजयकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा पर्सा र सप्तरीमा २/२ जना गरी चार जनाको कोरोनाले मृत्यु भएको हो । पर्साको धोबिनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष र वीरगन्ज महानगर ५ का ७६ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।
यस्तै सप्तरीको अग्निसाइर कृष्णसावरन गाउँपालिका ५ का ६२ वर्षीय पुरुष र हनुमाननगर कंकालिनी नगरपालिका २ का ५३ वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।
हालसम्म कोरोनाले पर्सामा सबभन्दा बढी ५० जनाको ज्यान गइसकेको छ । यस्तै सप्तरीमा २७, धनुषामा १९, महोत्तरीमा १७, सिरहामा १८, सर्लाहीमा १३, रौतहटमा १०, बारामा १९ र एक भारतीय नागरिकको समेत ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा मंगलबार १० महिला र ४९ पुरुष गरी ५९ कोरोना संक्रमित यस प्रदेशमा थपिएका छन् । योसँगै संक्रमितको संख्या १५ हजार ७४२ पुगेको छ । जसमध्ये १४ हजार ४१६ जना निको भइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।