सरकारले नेपालको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न गरेको निर्णयप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।
गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले मुलुकका औपचारिक कागजातमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखी ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेको थियो ।
मंगलबार टि्वट गर्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता ? भनेर प्रश्न गरेका छन् ।
कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २८ असोजमा पत्र लेखेको थियो ।
यस्तो छ शर्माको ट्विट :
`संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल´ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ l @Pm_Nepal जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 3, 2020
होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !!
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।