अर्थमन्त्री–भारतीय राजदूत भेट, कोभिडविरुद्ध सहकार्यको प्रस्ताव

भारतीय राजदूत विनय मोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् । भेटमा अर्थमन्त्री पौडेल र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड १९ को महामारी नियन्त्रणलगायत विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएके छ । 

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

भेटमा राजदूत क्वात्राले अर्थमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिएका थिए । 

उनले आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

भेटमा अर्थमन्त्रीले कोभिडविरुद्ध नेपाल सरकारले चालेको कदमबारे जानकारी गराउँदै यसविरुद्ध सहकार्यको प्रस्ताव गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७७ मंगलबार २०:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया