राजविराजमा एक कोरोनाभाइरस संक्रमितको निधन

राजविराजमा एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ । उनी त्यहाँको गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए । 

अस्पतालको ल्याबमा कार्यरत २८ वर्षका यी युवामा १५ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनी त्यसपछि साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएका थिइ । उनमा अरु कुनै दीर्घकालिन रोग थिएन, कोरोनाको लक्षण पनि देखिएको थिएन । 

उनी राजविराज २ का बासिन्दा हुन् । 

योसँगै सप्तरीमा कोरोनाका कारण २९ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १४:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया