ट्रम्पविरुद्ध प्रदर्शन गर्ने तीनजना पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन गर्ने तीनजना पक्राउ परेका छन् । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला भएको प्रदर्शनका क्रममा उनीहरु पक्राउ परेका हुन् । 

ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । वासिङ्टनबाट तीनजना प्रदर्शनकारी पक्राउ परेका हुन् ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् ।   

प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ भने तिमीहरुले शान्ति पाउँदैनौ भन्दै नारा लगाएका थिए । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १८:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया