जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरियो अमेरिका

बुधबारबाट संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट औपचारिक रुपमा बाहिरिएको छ ।

अहिले राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेको छ । संयोगवश अमेरिका बुधबारबाटै सो सम्झौताबाट बाहिरिएको छ । यद्यपि, ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ मा उक्त सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो ।

विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरुसँग एक सम्झौता गरेको थियो ।

अमेरिकाको यो निर्णयको विश्वका प्रायः देशहरुले विरोध गरेका थिए । तमाम विरोधका बाबजुद ट्रम्पले सो सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएका थिए ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १९:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया