बैतडीमा आफ्नै गोरुले हानेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ निवासी ६० बर्षीया जयन्ती भण्डारीको खेतमा गहुँ छर्ने क्रममा गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागि डडेलधुरा ल्याइएको थियो । त्यहाँबाट धनगढी रिफर गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको बुधवार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।