चितवनको भरतपुर अस्पतालमा एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।
अस्पतालले जनाएअनुसार हेटौंडाका ८२ वर्षीय वृद्धको कोरोनाका कारण आज (बिहीबार) विहान निधन भएको हो ।
उनलाई १५ कार्तिकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । लामो समयदेखि उनी ज्वरो, खोकी, श्वासप्रश्वासलगायतका समस्यका कारण अस्वस्थ भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।