धरानमा तीन कोरोनाभाइरस संक्रमितको निधन

धरानमा तीन कोरोनााभइरस संक्रमितको निधन भएको छ । 

बिहीबार बिहान त्यहाँ सप्तरीका दुई जना र मोरङका एक जनाको निधन भएको हो । मृत्यु हुनेमा सप्तरीकी २३ वर्षीया युवती रहेको बताइएको छ । त्यस्तै, सप्तरीका एक ६५ वर्षीय पुरुषको पनि त्यहाँ आज विहान निधन भएको हो । 

मृत्यु हुने २३ वर्षीया युवती १८ कार्तिकमा संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई रक्तअल्पताको समस्या भएको बताइएको छ ।

त्यस्तै, मोरङका ५९ वर्षका पुरुषको पनि आज विहान मृत्यु भएको हो । उनी ९ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १३:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया