दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
सांकेतिक फोटो

मोरङको सुन्दरहरैँचामा बिहीबार दिउँसो भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा दुर्घटना भएको हो। 

पूर्वबाट आएर सडक पार गर्न उत्तरतर्फ मोडिँदै गरेको को ३ त १३ नम्बरको ट्याक्टरमा पश्चिमतर्फ आउँदै गरेको को १६ प ४८९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। 

दिउँसो २ बजेतिर भएको दुर्घटनामा परेर मोटरसाइकल चालक सुन्दरहरैँचा–९ का ६९ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरको न्यूरो अस्पताल ल्याइएका कार्कीलाई चिकित्सकले दिउँसो ३ः३० बजेतिर मृत घोषित गरेको ढकालको भनाइ छ।  

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४२ वर्षीय नन्दकिशोर मिश्र घाइते भएका छन् । मध्यम अवस्थाका उनको न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। 





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १७:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया