सर्वोच्चले सरकारलाई सोध्यो– कक्षा ११–१२ बाट गणित विषय किन हटाएको ?
परिमार्जित पाठ्यक्रम लागू नगर्न पाठ्यक्रम विकास केन्द्रलाई अन्तरिम आदेश

सर्वोच्च अदालतले कक्षा ११ र १२को विज्ञान संकायमा गणित विषय हटाइएको बारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । 

पाठ्यक्रम विकास केन्द्रलाई आदेश दिँदै सर्वोच्चले परिमार्जित पाठ्यक्रम लागू नगर्नसमेत अन्तरिम आदेश दिएको छ । 

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सो आदेश दिएको हो । अधिवक्ता भगवता अर्यालसहितले पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।  


अदालतले निवेदकको माग बमोजिम आदेश जारी हुन नपर्ने, भए सोको आधार कारणसहित १५ दिनभित्र विपक्षीका नाममा आदेश दिएको छ । आदेशमा विपक्षीमध्ये १, २, ३, र ४ ले महान्यायाधिवक्ताको कार्यालय मार्फत र अन्य विपक्षीहरुले आफू वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । 

निष्कर्षमा पुग्न अन्तरिम आदेश छलफलका अदालतले दुवै पक्षलाई यही कात्तिक २६ गते छलफलमा बोलाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १८:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया