कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरे पनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क दुई हजार तिरेर एक हजार ५३२ जनाले पिसिआर परीक्षण गरेको पाइएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा एक हजार ४०६, दैलेख अस्पतालमा ८८ र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ३८ जनाले सशुल्क पिसिआर परीक्षण गरेका छन् । सशुल्क परीक्षण गरे पनि अस्पतालहरुले उपचार खर्चमा भने कुनै शुल्क लिएका छैनन् ।
प्रदेश अस्पतालका कोरोना स्रोत व्यक्ति डा.नवराज केसीले लक्षण देखिएका र कन्ट्याक्ट टे«सिङमा परेकाहरुको निःशुल्क परीक्षण गरिरहेको बताए । लक्षण नदेखिएका एवं परीक्षण गरेर आफैँ ढुक्क हुन चाहनेहरुले शुल्क तिर्ने गरेको उनको भनाइ छ ।
कर्णालीमा प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, चौरजहारी सामुदायिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर परीक्षण हुँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।