भारतीय सेनाध्यक्षलाई कालाे झन्डा देखाउने विप्लवका दुई कार्यकर्ता बागबजारमा पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। 

सशस्त्र प्रहरीको विशेष इन्टेलीजेन्स व्यूरोको टोलीले काठमाडौको बागबजार पुरानो बसपार्कबाट खोटाङका २८ बर्षीय खेम प्रधान तथा बर्दियाका ३८ टिकाराम चौधरीलाई पक्राउ गरेको हो। 

उनीहरु  जनगणतानित्रक सम्पर्क मञ्चका केन्द्रीय सदस्य हुन्। उनीहरुको साथबाट महत्वपूर्ण कागाजातसहित उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ।  

विप्वल समूहले बुधबार वानेश्वर लगायतका स्थानमा कालो झण्डा देखाएको थियो। आज पनि बागबजारमा कालो झण्डा देखाउने कार्यक्रम तय भएका बेला उनीहरुलाई नियन्त्रणमा लिएको हो।





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार २३:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया