पुरानो ट्विट सम्झिएर ग्रेटाले ट्रम्पलाई दिएको जवाफः चिल डोनाल्ड, चिल

अब चार वर्षका लागि नयाँ अमेरिकी राष्ट्रपति को होलान् ?

यो प्रश्नको जवाफको उत्तरको प्रतीक्षामा करोडौं अमेरिकी, विश्वका केही नेता तथा मानिस र स्वयं डोनाल्ड ट्रम्प पनि उत्सुक पक्कै होलान् ।

अहिले डेमोक्रेटिक पार्टीका जो बाइडेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ । उनीहरु दुवै जना अहिले सामाजिक सन्जाल ट्विटरमा पनि निकै सक्रिय छन् । अनि दुवैले अहिले आफूले निर्वाचन जित्ने बताइरहेका पनि छन् । 

ट्विटरले ट्रम्पका केही ट्विटहरुलाई भ्रामक पनि भनेको छ ।

यहीबीच ट्रम्पले गरेको एउटा ट्विटले विश्वको ध्यान खिचेको छ । ट्विटमा ट्रम्पले भनेका छन्– स्टप द काउन्ट, अर्थात् मत गणना रोक ।

अब यसमा जोडिएकी छिन्, विश्व चर्चित पर्यावरणविद् ग्रेटा थनबर्ग । 



थनबर्गले यो ट्विटमा लेखेकी छिन्– कस्तो बकवास । डोनाल्डको पहिले आफ्नो रिसलाई नियन्त्रणमा लिन सिक्न र कुनै साथीसँग पुरानो जमानाको कुनै फिल्म देख्न जानु । चिल डोनाल्ड चिल ।

ग्रेटको यो रिप्लाइ अहिले सामाजिक सन्जालमा सबैभन्दा बढी सेयर भएको छ ।



किनकि योसँगै जोडिएर आउँछ एउटा पुरानो कथा । 

ग्रेटा र ट्रम्पबीच ट्विटरमा विवाद भएको यो पहिलो पटक होइन । यसअघि पनि यी दुईबीच बारम्बार विवाद भइरहेको हुन्थ्यो । 

अनि सन् २०१९ मा ग्रेटालाई टाइम म्यागजिले टाइम पर्सन अफ द इयर (टाइम वर्ष व्यक्ति) चुनेको थियो । त्यति बेला डोनाल्ड ट्रम्पले लेखेका थिए– कस्तो बकवास । पहिले आफ्नो रिसलाई नियन्त्रणमा लिन सिक्न र कुनै साथीसँग पुरानो जमानाको कुनै फिल्म देख्न जनो समय हो यो । चिल ग्रेटा चिल ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार १३:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया