बुमराह बने आइपिएलको एकै सिजन सर्वाधिक विकेट लिने भारतीय बलर

इन्डियन प्रिमियर लिग (आइीपएल) मा मुम्बई इन्डियन्सबाट खेलिरहेका तिब्र गतिका बलर जसप्रित बुमराहले नयाँ रेकर्ड बनाएका छन् । उनी आइपिएलको एकै सिजनमा सर्वाधिक विकेट लिने भारतीय बलर बनेका हुन् ।

लिगमा गए राति दिल्ली क्यापिट्ल्स विरुद्धको खेलमा ४ विकेट लिएसँगै उनले यो सिजनमा आफ्नो विकेट संख्या २७ पुर्‍याएका छन् । यसअघि यो रेकर्ड सनराइजर्स हैदराबादका बलर भुवनेश्वर कुमारको नाममा थियो । उनले २०१७ को अइपिएलमा २६ विकेट हात पारेका थिए ।

बुमराहकै उच्च प्रदर्शनमा मुम्बईले दिल्ली क्यापिट्ल्सलाई पराजित गर्दै आइपिएलको फाइनलमा स्थान बनाएको छ । बुमराहले यो खेलमा दिल्लीका शिखर धवन, कप्तान श्रेयस अय्यर, मार्कस स्टोनिस र डेनियल साम्सलाई आफ्नो सिकार बनाएका थिए । 

पर्पल क्यापको दौडमा पहिलो स्थानका बुमराहलाई दिल्लीका कागिसो राबडाले २५ विकेटको साथमा पछ्याइरहेका छन् ।

यसअघि पनि उनी आइपिएलमा १०० विकेट हात पार्ने पहिलो भारतीय तिब्र गतिका बलर बनेका थिए । बुमराहले हालसम्म १०५ आइपिएल विकेट हात पारेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार १४:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया