अनौपचारिक रुपमै सकियो प्रचण्डले बोलाएको बैठक

नेपाल कम्युनिस्ट पार्टी नेकपाको अनौपचारिक सचिवालय बैठक पार्टी कार्यालय धुमबाराहीमा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुरोधमा बैठक अनौपचारिक रुपमै बसेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए । 

शुक्रबारको बैठकले सामूहिक रुपमा बैठक बसाल्न माग गर्ने निर्णय गरेको श्रेष्ठले बताए । बैठकमा अर्का अध्यक्ष ओलीसँगै महासचिव विष्णु पौडेल, रामबहादुर थापा र ईश्वर पोखरेल भने सहभागी भएनन् । 

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष दाहालले छलफलका लागि भन्दै सचिवालयका नेतालाई पार्टी कार्यालयमा बोलाएका हुन् । 

 


 





  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार १७:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया