गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत 'निरमाया'को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रमाइलो डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।
युवा युवतीको बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। शुभम भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । भिडियोमा विकास धमलाको सम्पादन रहेको छ। निकास खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
'नेपसिस्टर्स' को अफिसिएल युट्युव च्यानलमार्फत् भिडियो सार्वजनिक गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।